प्रेस चौतारी मकवानपुरको दुइ दिने कार्यशाला सुरु

बाइलाइन नेपाल
५ माघ २०८०, शुक्रबार १९:४२

हेटौंडा । प्रेस चौतारी नेपाल जिल्ला कमिटी मकवानपुरको आयोजनामा ‘प्रविधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुर्इ दिने कार्यशाला हेटौंडामा सुरु भएको छ ।

कार्यशालाको उद्घाटन् गर्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले समयसापेक्ष रुपमा पत्रकारहरुले पनि आफुलाई तिखार्न जरुरी रहेको बताएका छन् । अब यो वा उ संगठन भनेर लाग्नु भन्दा पनि व्यावसायीक पत्रकारिता गर्नमा उनको जोड छ ।

कार्यशालामा मुख्य प्रशिक्षकका रुपमा बागमती प्रदेशको सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, मकवानपुर उपाध्यक्ष धु्रव अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीलगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रेसचौतारी नेपाल बागमती प्रदेशका महासचिब प्रकास दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्बेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो । चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुष्पराज अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*