हेटौंडामा सञ्चारकर्मीका विषयमा सरोकारवालाबीच अन्र्तक्रिया

बाइलाइन नेपाल
५ माघ २०८०, शुक्रबार १९:३७

हेटौंडा । प्रेस युनियन मकवानपुरको आयोजनामा हेटौंडामा सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधानका विषयमा कार्यशाला गोष्ठी भएको छ । गोष्ठीको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन् गरे ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने बताएका छन् । लोकतन्त्र र गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताए ।

नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको नेपाली सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधान विषयक कार्यशालामा बोल्दै उनले लोकतान्त्रिक व्यवस्थामा मात्रै नेपाली पत्रकारिता फस्टाउन सक्ने दावी गरे ।

‘निरंकुश शासन व्यवस्थामा नेपाली पत्रकारिता फस्टाउन सक्दैन, राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता शसक्त र जिम्मेवार भएमात्रै मुलुकमा सुशासन स्थापना गर्न सहज हुन्छ । त्यसकारण हामी सबैपक्षबीच समन्वय जरुरी छ ।’ उनले भने ।

मन्त्री श्रेष्ठले पत्रकारिता क्षेत्रको प्रर्वद्धनका लागि बागमती प्रदेश सरकारले सञ्चार रजिष्ट्रार कार्यालयको स्थापना गरी काम गरिरहेको स्पष्ट पारे । उनले महिना महिनामा पत्रकारसँग भेटघाटगरी सल्लाह सुझाव लिने, सरकारका गतिविधिबारे जानकारी दिने, सञ्चार क्षेत्रको हित प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु गरिएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, आन्तरिक मामिला तथा कानून मन्धालयका सचिब धुर्ब गैडा, सञ्चार रजिष्टारको कार्यलय हेटौंडाका सञ्चार रजिष्टार रेवती सापकोटा, प्रेस युनियनका अध्यक्ष शिव लंसाललगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधानका विषयमा छलफल समेत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*