पदमपोखरीमा अस्पतालसँगै चिकित्सकसहितको सेवा सुरु

बाइलाइन नेपाल
५ माघ २०८०, शुक्रबार १९:३०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा अस्पतालको उद्घाटन भएको छ । चिकित्सक डाक्टरको सुविधासहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले पालिका स्तरको अस्पतालको सुरुवात गरेको हो ।

हेटौंडा १३ र १६ मा अस्पताको सुविधासहित स्थानीयलाई स्वास्थ्य सेवा दिने क्रममा सुक्रवार हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले अस्पतालको उद्घाटन गरेकी हुन् । पालिकाले सञ्चालन गरेको ५ वेडको अस्पतालले गत पुुस १७ गतेबाट चिकित्सक सहितको सुविधा दिदै आएको थियो । अस्पतालले आकस्मिक सेवासहित अन्य सामान्य उपचार सेवा दिदै आएको छ ।

अस्पतालको उद्घाटन गर्दै नगरप्रमुख लामाले जनतालाई स्थानीय ठाउँबाटै स्वास्थ्य उपचार दिलाउनका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताइन् । स्वास्थ्य चौकीबाट दिर्दै आएको सुबिधालाई केहि विकसित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाई थियो । चिकित्सक सहितको सुविधा दिने उद्देश्यसहित पालिकाले नगरको दुई ठाउँमा अस्पताल सञ्चालन गरेको नगर प्रमुख लामाले बताइन् ।

अस्पतालको उद्घाटनसँगै पदमपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा २६६ महिला र १७१ जना पुरुष गरी ४३७ जनाले सेवा लिएको अस्पतालका सिनियर अहेब शेरबहादुर व्लोनले जानकारी दिए । शिविरमा सेवा लिन आएका मध्य ३५० जनालाई आँखाको, १०८ जनालाई ल्याव २३ जना मानसिक सेवा प्रदान गरीएको उनले जानकारी दिए ।

१३ नम्बरका वडा अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपाल, सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनासहित स्थानीय संघ सस्थाका प्रतिनिधि, वडा स्तरीय राजनितिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*