अब लटरवेश्वरमा विद्युत र पानीको सुविधा

बाइलाइन नेपाल
३ माघ २०८०, बुधबार १५:०१

हेटौंडा । मकवानपुरको भीमफेदी– ८ मा रहेको धार्मिक पर्यटकीय स्थल लटरम्वेश्वर मन्दिरमा पिउने पानी र विद्युतको सुविधा उपलब्ध भएको छ । पर्यटकको चाप बढ्दै गएपछि भीमफेदी गाउँपालिकाले विद्युत र पानीको सुविधा उपलब्ध गराएको हो ।

विद्युत र खानेपानी पुर्याउने काम भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको पहलमा पुरा भएको हो। उक्त मन्दिरमा खानेपानी र विद्युतको सुविधा सहज रुपमा पुगेको अध्यक्ष लामा जानकारी दिए । गाउँपालिका अध्यक्ष लामा लटारम्वेश्वर मन्दिर पुगेर खानेपानी र विद्युतको उद्घाटन समेत गरेका छन् ।

उनले विद्युत र पानीका कारण पर्यटकहरुलाई समस्या भएकाले पालिकाको पहलमा सुविधा उपलब्ध गराईएको बताए । अब आउने पर्यटकहरुले पिउने पानी र विद्युतको समस्या भोग्न नपर्ने अध्यक्ष लामाले बताए । उनले महादेव मन्दिर क्षेत्रमा विद्युतर डबल लिफ्टीङ माध्यम द्वारा पिउने पानी पुर्याउन सफल भएको जानकारी दिए । छ ।

यस मन्दिरमा मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुरलगायतका क्षेत्रका पर्यटक धेरै आउने गरेका छन् । मन्दिरमा प्रत्येक वर्ष माघे सङ्ग्रातिमा मेला लाग्ने गरेको छ ।

लटारम्वेश्वर मन्दिरमा जान काठमाडौंबाट टिकाभैरव, छपेली, बगुवा महादेवटार हुँदै जान सकिन्छ भने मकवानपुरको हेटौंडाबाट कान्तिराजपथको बाटो ठिङ्गन हुँदै पनि महादेवटार बाट जान सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*