बसामाडी जेसीजमा कठायतको नेतृत्व

बाइलाइन नेपाल
२१ पुष २०८०, शनिबार २०:२४

हेटौंडा । बसामाडी जेसीजमा वर्ष २०२४ का लागि नयाँ नेतृत्व चयन भएको छ । बसामाडी जेसीजको शनिबार भएको निर्वाचन प्रक्रियाले सर्वसहमत रुपमा वर्ष २०२४ का लागि उद्दवराज कठायतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ नेतृत्वको कार्यकारिणी उपाध्यक्षमा दीपेन्द्र यादव र सुुदीप नेपाल चयन भएका छन् । यस्तै वर्ष २०२४ को उपाध्यक्षमा अभ्यूदय खनाल, ध्रुव गौतम, प्रमोद उप्रेती र आयुुष बोम्जन सर्वसहमत चयन भएको निर्वाचन कमिटीका सदस्य वुुद्धराज अर्यालले जानकारी दिएका छन् ।

यसैगरी नयाँ नेतृत्व चयन पछि बसेको बैठकले बसामाडी जेसीजको महासचिवमा मनिष घिमिरे र कोषाध्यक्षमा रमेश शर्मालाई नियुक्त गरिएको छ । कानुनी सल्लाहाकारमा अनिल भण्डारीलाई चयन गरिएको छ ।

कार्यक्रममा बसामाडी जेसीजकापूर्व अध्यक्ष तथा राष्टिय जेसीजका महासचिव, पूर्वअध्यक्षहरु गौतम केसी, ईश्वरप्रसाद मैनाली, अभय श्रेष्ठ, बबिन लिगल, विष्णुहरि पण्डित, जनक शर्मा भण्डारी, चिराग अग्रवाललगायतको सहभागिता रहेको थियो । निर्वाचन आयुक्त चिराग अग्रवाल र सदस्यमा वुद्धराज अर्याल र रामकृष्ण शिवाकोटी रहेका थिए ।

कार्यक्रममा नेपाल भारत मैत्री संघका कोषाध्यक्ष प्रविन मैनाली, जेसीजका संस्थापक सदस्य विजय कार्की, उपभोक्ता मञ्चका सुनिल अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*