बसामाडीको जेसीज सप्ताह सम्पन्न, सञ्चारकर्मी केसी सम्मानित

बाइलाइन नेपाल
२४ मंसिर २०८०, आईतवार ०५:३८

हेटौंडा/बसामाडी जेसीजको जेसीज सप्ताह समापन गरिएको छ । चार दिनमा विविध सातवटा कार्यक्रम सम्पन्न गरी शनिबार जेसीज सप्ताहको समापन गरिएको हो ।समापन कार्यक्रममा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो ।

युवाहरुले राजनीतिक आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिको विषयमा जानकारी राख्नु पर्ने बताउनुभयो । उहाँले युवाहरु स्वदेशमै उद्यमशिल बन्नपर्नेमा जोड दिनुभयो ।

बसामाडी जेसीजका अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारी, राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुंवर, हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौला, लेडी जेसीज अध्यक्ष दिलु घर्ती, बस्तीपुर जेसीजका अध्यक्ष प्रेमबहादुर गोङ्बा, प्रस्तावित चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारी, बसामाडी जेसीजका पूर्व अध्यक्ष अनिल अग्रवाल, जेसीज सप्ताह मूल कार्यक्रम संयोजक उद्धवराज कठायत, सहमूल कार्यक्रम संयोजक जेपी यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

समापन एवम् पुरस्कार बितरण कार्यक्रमका कार्यक्रम संयोजक बुद्धराज अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा सन्चारकर्मी राजकुमार के.सी.लाई कदरपत्रले सम्मान गरिएको थियो । समाचारको माध्य्मबाट जेसीजका गतिविधि प्रचारप्रसार गर्न सहयोग गरेको भन्दै के.सी.लाई सम्मान गरिएको कार्यक्रम संयोजक अर्यालले बताउनुभयो ।

कार्यक्रममा जेसीज सप्ताह कार्यक्रममा उत्कृष्ट भएका प्रतियोगी, कार्यक्रम संयोजकहरु, सहयोगी संघसंस्था र ब्यक्तिहरुलाई समेत पुरस्कार बितरणका साथै सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*