भूकम्प प्रभावितलाई राहत संकलनमा पालुङ जेसीज सक्रिय

राजकुमार केसी
१९ कार्तिक २०८०, आईतवार २१:१४

थाहा । शुक्रबार मध्यरात जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण पीडितहरुलाई राहतको लागि नेपाल जेसीजले थालेको राहत संकलन अभियानमा पालुङ जेसीज पनि सक्रिय रुपमा सहभागि हुने भएको छ ।

पालुङ जेसीजले आईतबार एक सूचना जारी गर्दै पीडितहरुलाई राहत, उद्धार र घाईतेहरुको उपचारको लागि आवश्यक सहयोग गर्नका लागि सबैमा अनुरोध गरेको छ ।

पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले मानवताको सेवा नै जीवनको सर्वौत्तम कार्य हो भन्ने जेसीजको मूल मर्मलाई आत्मसाथ गर्दै बिपतमा परेका नागरिकहरुलाई सहयोग गर्न सम्पूर्णमा अनुरोध गरेका छन् ।

पालुङ जेसीज बर्ष २०२३ मा स्थापना गरेको बिपत राहत कोषमा जम्मा भएको रकम र स्थानीय स्तरमा संकलन गरिएको रकम नेपाल जेसीज मार्फत भूकम्प प्रभावित क्षेत्रमा पठाईने कोषाध्यक्ष माधव कार्कीले बताए ।

सहयोग गर्न चाहनुहुनेहरुले मोबाईल नं। ९८५५०६९७३६ मा इसेवा वा खल्ती मार्फत रकम जम्मा गर्न सकिने महासचिव सञ्जय गोपालीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*