मार्क्सवादी अध्ययन प्रतिष्ठानको महासचिवमा प्रल्हाद लामिछाने

बाइलाइन नेपाल
१८ कार्तिक २०८०, शनिबार १८:१७

हेटौंडा । मार्क्सवादी अध्ययन प्रतिष्ठान नेपालको तेस्रो राष्ट्रिय साधारणसभा शनिबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको छ ।

सम्मेलनले आगामी २ वर्षे कार्यकालको लागि दिनेश चौलागाईको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीराम खाईजु, महासचिवमा मकवानपुरका प्रल्हाद लामिछाने, कोषाध्यक्षमा रमा बोहरा चयन भएका छन् ।

त्यस्तै सदस्यमा मकवानपुरका सञ्चारकर्मी राजकुमार केसी, विष्णुकुमार श्रेष्ठ, गोमा बास्तोला, रामजी आचार्य, पिताम्बर चौलागाई, संगिता श्रेष्ठ, गुणखर भट्टराईलगायत रहेका छन् ।

प्रतिष्ठानले मार्क्सवादी विश्वविद्यालय स्थापना गर्ने र विद्यालय तहमा कक्षा ३ देखि १२ सम्म नैतिक शिक्षा, भ्रष्टाचार निवारण शिक्षा र व्यवसायिक शिक्षा अनिवार्य अध्ययन गर्न गराउन पहल गर्ने अध्यक्ष दिनेश चौलागाईले बताए ।

प्रतिष्ठानले माक्सवादी अध्ययन, अनुसन्धान, बहस, अन्तरक्रिया, छलफल लगायतको गतिविधि सञ्चालन गर्ने महासचिव लामिछानेले जानकारी दिए ।
महासचिव लामिछानेले सातै प्रदेशमा प्रदेसस्तरको कमिटी बनाई प्रतिष्ठानको गतिविधि अगाडि बढाउने बताए ।

साधारण सभाको उद्घाटन संविधान सभा सदस्य एवम् संविधान मस्यौदा समितिका संयोजक खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो ।

साधारण सभामा नेकपा माओवादीका केन्द्रीय सदस्य लोकप्रसाद भुर्तेल, भोला सापकोटा, सल्लाहकार बुद्धिमान तामाङ, नेसपाका केन्द्रीय सचिव ईश्वर रिजाल, राजनीतिक बिश्लेषक सुभाष पोखरेल, दिनेश शर्मा, प्रधानता मासिकका प्रधान सम्पादक पविर्तन भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*