थाहाका मोक्तानलाई अन्तर्राष्ट्रिय स्वर्णपदक

राजकुमार केसी
६ कार्तिक २०८०, सोमबार ०७:३७

थाहानगर/बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बङ्गवन्धु खुल्ला अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ७ का रिजन मोक्तानले स्वर्ण पदक हाँसिल गरेका छन् ।

कात्तिक २ गते देखि ४ गतेसम्म संचालन भएको प्रतियोगिता अन्तरगत पुसे बिधाको एकल र समूह प्रतियोगितामा दुई वटा रजत पदक समेत हाँसिल गरेका मोक्तानले एकल स्पाइरिङ बिधाको प्रतियोगितामा प्रथम हुँदै स्वर्णपदक हाँसिल गरेका हुन् ।

बंगलादेश तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा मोक्तानले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपाल सहित १२ देशका तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*