मकवानपुरमा बिहानै भूकम्पको झट्का

बाइलाइन नेपाल
५ कार्तिक २०८०, आईतवार ०७:५६

मकवानपुरमा आज बिहानै भूकम्पको झट्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

मकवानपुरको हेटौंडासहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको सर्वसाधारणले जनाएका छन् । बागमती प्रदेशको मकवानपुर, काठमाडौं उपत्यकासहित अन्यजिल्ला तथा त गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

पश्चिम क्षेत्रमा भूकम्पसहित पटकपटक धक्का महसुस भएपनि बागमती प्रदेशमा लामो समयपछि महसुस गरिएको हो । धक्काले दशै अन्र्तगत महाअष्टमी मनाउने तयारीमा रहेकाहरुलाई तर्साएको छ ।

यो २०७२ वैशाख १२ को उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्प हो कि नयाँ कम्पन हो भनेर राष्ट्रिय भूकम्प मापन केन्द्रले खुलाइसकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*