प्रहरी र टिभिएसको सहकार्यमा हेल्पडेस्क

बाइलाइन नेपाल
२८ आश्विन २०८०, आईतवार ०७:०५

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुर र नेपालमा टिभिएस मोटरसाईकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले हेटौंडाको मेनरोड पिपलबोट चोकमा नागरिक सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएकोछ ।

चाडबाडको समयमा नागरिकहरुलाई पर्ने समस्या र अस्वभाविक क्रियाकलापको सहजिकरण गर्नको लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जगदम्बा मोटर्सले हेटौंडा अटोमार्ट मार्फत नागरिक सहायता कक्ष बनाउन सहयोग गरेका अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए ।
चाडबाडको समयमा हुने भिडभाड, यात्रुहरुमा पर्ने समस्या लगायतका बिषयमा सहायता कक्षमार्फत सहजिकरण गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी कार्यालय मकवानपुरले सहायता कक्ष २४ घण्टानै सञ्चालन हुने र कुनै समस्या आए उक्त कक्षबाट सहयोग लिन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*