विदेशीको श्रमदानमा निर्माण हुँदै चित्लाङ स्वास्थ्यचौकी भवन

राजकुमार केसी
२६ आश्विन २०८०, शुक्रबार ०७:५९

थाहा/थाहा नगरपालिका र च्वाइस नेपालको संयुक्त लगानीमा निर्मण हुँदै गरेको चित्लाङ स्वास्थ्यचौकी भवनको निर्माण कार्यमा बिदेशी दाताहरु पनि श्रमदानमा सहभागी भएकाछन् ।

करिव चार महिना अगाडि शिलान्यास गरिएको १४ कोठे स्वास्थ्यचौकी भवनको निर्माण कार्य अनुगमन सहितको श्रमदान गर्नका लागि डोटरा हिलिङ हेन्ड फाउन्डेसन अन्तरगत चिन र अमेरिकाका ५४ जना दाताहरु बुधबार स्वास्थ्यचौकी भवन निर्माणस्थल चित्लाङ आईपुगेका च्वाइस नेपालका प्रताप घिमिरेले बताए ।

दाताहरुलाई थाहा नगरपालिका वडा नं. ९ का अध्यक्ष राजकुमार बलामी, स्वास्थ्यचौकी निर्माण समितिका अध्यक्ष राजिव नापित र स्थानीयले स्वागत गरेका थिए ।

दाताहरुको बसाई तीन दिनको हुने र उक्त दिनमा स्वास्थ्यचौकी भवन निर्माणको अनुगमनका साथै निर्माण कार्यमा श्रमदान गर्ने, स्थानीय किशोरी लक्षित कार्यक्रम गर्ने, चित्लाङमा रहेका ५ वटा बिद्यालयमा अध्ययन गर्ने २० जना बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने कार्यक्रम रहेको च्वाइस नेपालका घिमिरेले बताउनुभयो ।

कूल २ करोड ९ हजार ४७० रुपैयाँ लागतमा निर्माण हुने चित्लाङ स्वास्थ्यचौकी भवनको लागि च्वाइस नेपालको १ करोड ५० लाख लगानी रहने घिमिरेले बताउनुभयो । उहाँले निर्धारित समयमै निर्माणकार्य सम्पन्न गर्ने समेत बताउनुभयो । प्रबिधिकका अनुसार स्वास्थ्यचौकी भवनको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भएको छ ।

तीन बर्षमा सम्पन्न गर्नेगरि निर्माण थालनी गरेको स्वास्थ्यचौकी भवनको लागि थाहा नगरपालिकाले ५९ लाख ४७० रुपैंया लगानी गर्नेछ ।
पहिलो बर्षमा स्वास्थ्यचौकी भवन निर्माण गरिने, दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइने र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गरि दक्ष बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गरिने च्वाईस नेपालका कार्यकारी निर्देशक प्रतिक शर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*