नवोदयका विद्यार्थीले गरे पुुस्तक माथि चर्चा

बाइलाइन नेपाल
१७ आश्विन २०८०, बुधबार ०६:३२

हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनले कक्षा २ का विद्यार्थीहरुको ‘बुक टक’ तथा ब्याच वितरण कार्यक्रमको आयोजना गरेको छ । सोमबार आयोजित कार्यक्रममा करिब एक दर्जन विद्यार्थीले आफूले अध्ययन गरेको किताबको बारेमा आफ्ना साथीहरु र अभिभावकमाझ प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा नृत्य प्रदर्शनीसमेत गरिएको थियो । तह ३ मा पुगी व्याच लगाउन उनीहरुले २५० वटा पुस्तक अध्ययन गर्नुपर्ने कुरा कक्षा २ का शिक्षक सम्झना थापाले जानकारी गराउनुभयो ।कक्षा २ की छात्रा अनुष्मा रिमालको अध्यक्षताको भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार केशव समर्पणको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साहित्यकार हरिप्रसाद पौड्यालको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि उनीहरुले २५० वटा पुस्तक पढेर त्यसको भिडियो गुगलमा राखेपछी तह ३ मा पुग्छन् ।

त्यसपछि १०० वटा पुस्तकको समीक्षा गरेपछि बल्ल पुस्तक परिचर्चा कार्यक्रममा सहभागी हुने कुरा नेपाली भाषा विभाग प्रमुख तथा माध्यमिक तहका संयोजक सिएम रिमालले जानकारी दिनुभयो । हरेक महिना यो कार्यक्रमको आयोजना गर्ने गरिएको साथै उनीहरुले अध्ययन गरेको विषयलाई सिर्जनात्मक ढङ्गले प्रस्तुती गर्ने क्षमताको विकास गराउन कार्यक्रमको आयोजना गरिएको रिमालले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*