हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान

बाइलाइन नेपाल
१४ आश्विन २०८०, आईतवार २१:३८

३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौंडामा ९५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । हेटौंडा उपमहानगरपालिका द्वारापालिका भित्रका १९ वटा वडाका ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

६० वर्षदेखि १ सय १२ वर्षसम्मका जेष्ठ नागरिकलाई सम्मान गरेको उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रत्येक वडाका गरिब तथा विपन्न ५/५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले सम्मानस्वरुप एक थान कम्बल, एउटा लौरो र मोबाईल फोन प्रदान गरेकी थिइन् ।

कार्यक्रममा उपमहानगरपालिको सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्न वडा–वडामा ज्येष्ठ नागरिक मञ्च गठन गरिएको जानकारी गराएकी थिइन् । सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*