जेष्ठ नागरिक फोटो प्रदर्शनीमा थाहाको सात तस्वीर

राजकुमार केसी
१३ आश्विन २०८०, शनिबार २१:२३

थाहा १३ असोज/अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिवार ललितपुरको पाटन दरवार परिसरमा जेष्ठ नागरिकको तस्वीर प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा थाहा नगरका जेष्ठ नागरिकका ७ वटा तस्बिर राखिएको थियो ।

थाहानगरका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका सात तस्बिर सहित देशभरका ४० जना फोटोपत्रकारले खिचेका ६२ वटा तस्वीर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

“सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे बिष्वब्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौं” भन्ने नाराका साथ राष्ट्रिय फोटोपत्रकार समूह र एजिङ नेपालको आयोजनामा नेपालका हिमाल पहाड र तराईका जेष्ठ नागरिकको तस्वीरहरु प्रदर्शनी गरिएको कार्यक्रम संयोजक गणेश बिष्टले बताउनुभयो ।

कार्यक्रम संयोजक बिष्टले प्रदर्शनीको १० हजार भन्दा बढीले अबलोकन गरेको बताउनुभयो ।प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका प्रमुख चिरीबाबु महर्जनले राज्यले ज्येष्ठ नागरिकको सम्मान गर्नुपर्ने बताउनुभयो ।

हाल बिश्वमा जेष्ठ नागरिकहरुको संख्या सबैभन्दा बढी रहेको अवस्थामा उनीहरुको सक्रिय जीवनशैलीलाई तस्वीरमा उतारेर प्रदर्शनीमा प्रस्तुत गरिएको कार्यक्रम संयोजक गणेश बिष्टले बताउनुभयो ।

यस्ता तस्बिर प्रदर्शनीले देशका बिभिन्न स्थानका जेष्ठ नागरिकहरुको अवस्था अध्ययन गर्न र उनीहरुको नैराश्यता, दुःखीपन कमगर्न सहयोग गर्ने कार्यक्रम संयोजक बिष्टले बताउनुभयो ।

जेष्ठ नागरिकहरुको दैनिकी, मेहनत, सफलता, पारिवारिक खुसी, संघर्ष तथा सफलता झल्कने तस्वीरहरु प्रदर्शनीमा राखिएको र प्रदर्शनीमा राखिएका तस्बिरहरुले हालको पुस्तामा उत्साह, उमंग र जाँगर बढाउन मद्दत गर्ने पुग्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गाैतम( चट्याङ माष्टर) एजिङ नेपालमा निर्देशक प्रकाश गाैतम, राष्ट्रिय फाेटाे पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्त, कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरु उपस्थित थिए ।

राष्ट्रिय फोटो पत्रकार समूहले बिभिन्न संघ संस्थासंगको समन्वयमा बालबालिका तथा पर्यटन प्रवद्र्धनका फोटोहरु प्रदर्शन गर्दै आएको छ ।

युक्त राष्ट्रसंघको नेतृत्वमा अक्टोबर १ मा बिश्वभर अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउँदै आएको छ । राष्ट्रिय फोटो पत्रकार समूह दे शभरका फोटो पत्रकारहरुको साझा संस्था हो भने एजिङ नेपाल जेष्ठ नागरिकको हक हितका लागि कार्य गर्दै आएको गैरसरकारी संस्था हो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*