मानव धर्मको कार्यक्रममा ५६ जनाले गरे रक्तदान

बाइलाइन नेपाल
३ आश्विन २०८०, बुधबार २०:०३

हेटौंडा । नेपाल मानव सेवा धर्म समिति हेटौंडा शाखाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समितिले हेटौंडाको हंस शान्ति आश्रममा आयोजना गरेको कार्यक्रममा ५६ जनाले रक्तदान गरेका छन् ।

संविधान दिवस तथा मानव धर्मको प्रणेता श्री सतपाल जी महाराजको जन्मोत्सवको शुभअवसरमा नेपाल मानव धर्म सेवा समिति हेटौंडा आश्रमले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मानव धर्म सेवा समिति हेटौंडा क्षेत्रका प्रमुख महात्मा पुनीत बाइजीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

समितिले विभिन्न अवसरमा सामाजिक कार्य गदै आएको छ । समितिले गत शुक्रबार शिक्षा अभियान अन्र्तगत हेटौंडा उपमहानगरपालिका–१ मा रहेका सरस्वती प्रवि र कालिका आधारभूत विद्यालयका एक सय ५० जना भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*