सरकारसँगको सहमतिपछि काममा फर्किए चिकित्सकहरु

बाइलाइन नेपाल
१ आश्विन २०८०, सोमबार ०७:२१

हेटौंडा । सरकार र आन्दोलनकारी चिकित्सकहरुबीच ६ बुँदे सहमति भएपछि आजबाट देशभरका चिकित्सकहरु काममा फर्किएका छन् । सुरक्षा माग गर्दै आन्दोलित नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि काममा फर्किएका हुन् ।

सरकार र आन्दोलनकारी चिकित्सकहरुबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका स्थगित गरिएको हो । काठमाडौंमा भएको वार्तामा सञ्चो अस्पतालका चिकित्सकहरुमाथि भएको कुटपिटमा संलग्नहरुमाथि तत्काल पक्राउ गरेर कारवाही गर्ने सहमति भएको छ ।

ुसञ्चो अस्पताल, हेटौंडामा ड्युटीमा रहेका चिकित्सकहरु विकास थापा र प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरुलाई गृह मन्त्रालयमार्फत सम्बन्धित निकायले तत्काल पक्राउ गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन ऐन २०७९० बमोजिम कार्बाही गर्ने साथै पक्राउ परेका ४ जना पक्राउ पुर्जी जारी भएका ५ जनासहित अन्य दोषीहरुलाई सोही ऐन बमोजिम कार्बाही प्रक्रिया अगाडि बढाउने,ु सहमति भएको हो ।

सहमतिमा चिकित्सक संघले सुरु गरेको आन्दोलनको सबै कार्यक्रम फिर्ता लिने उल्लेख छ । डेंगी भएको बिरामीको निधन उपचारको क्रममा भरतपुरमा निधन भएपछि उनीहरुको परिवारले भदौ २७ गते उपचारमा लापरवाही गरेको भन्दै चिकित्सकहरुमाथि कुटपिट गरेका थिए ।

त्यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ बमोजिमको ुस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिु लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

ड्युटी खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघको अगुवाइमा आइतबारदेखि इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारिएको थियो । सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*