मानव धर्म समितिद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाइलाइन नेपाल
२९ भाद्र २०८०, शुक्रबार २०:२६

हेटौंडा । नेपाल मानव धर्म सेवा समिति हेटौंडा शाखाले नगरका दुई वटा विद्यालयका गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छ । समितिले शुक्रबार एक कार्यक्रमका बीच विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हो ।

नेपाल मानव धर्म सेवा समितिको शिक्षा अभियान अन्र्तगत शुक्रबार हेटौंडा उपमहानगरपालिका–१ मा रहेका सरस्वती प्रवि र कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको छ । नेपाल मानव धर्म सेवा सिमिति हेटौंडा शाखाका प्रमुख महात्मा पुनित बाइजीको नेतृत्वमा दुवै विद्यालयका गरी एकसय ५० जना भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो।

समितिले शिक्षा अभियान अन्र्तगत ‘शिक्षित बालबालिका, शिक्षित राष्ट्र’ भन्ने नाराका साथ गरिब तथा विपन्न विद्यार्थिलाई अध्ययनमा सहयोग गर्दै आएको छ । यस बाहेक समितिले विभिन्न समयमा सामाजिक काम गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*