हेटौंडा अस्पताललाई रोटरीले दियो ८८ लाखको उपकरण

बाइलाइन नेपाल
१३ असार २०८०, बुधबार १८:०४

हेटौंडा । रोटरी क्लबअफ मकवानपुरले मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालका लागि विभिन्न उपकण तथा सामाग्री हस्तान्तरण गरेको छ । उपकरण अन्य सामाग्रीसहित ८८ लाख ६० हजार ४ सय ७२ रुपैयाँका सामान हस्तान्तरण गरिएको हो ।

यसमा हेटौंडा उपमहानगरपालिकासहित विभिन्न देशमा रहेका रोटरियनहरुले सहयोग गरेका छन् । रोटरीले अस्पतालका लागि इको कार्डियो मेशिन,टीएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन लगायतका उपकरण र सामाग्री हस्तान्तरण गरेको छ ।

मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण कार्कीले बताए । सामाग्री सहयोग गरेपछि अब हेटौंडा अस्पतालमा मुटु सम्वन्धी उपचार गर्नुपर्ने बिरामीका लागि सहज भएको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए ।

कार्यक्रममा हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*