प्रथम बागमती प्रदेश युवा सम्मेलन समापन

बाइलाइन नेपाल
१२ असार २०८०, मंगलवार २१:११

हेटौंडा । हेटौँडा घोषणापत्र जारी गर्दै प्रथम बागमती प्रदेश युवा सम्मेलन सकिएको छ । दुई दिनसम्म विविध विषयमा भएको सम्मेलनको आज समापन गरिएको हो ।

हेटौंडामा जारी गरिएको ११ बुँदे घोषणापत्र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई हस्तान्तरण गरे । युवाहरुका सुझावलाई समेटेर तयार पारिएको घोषणापत्र लागू गर्न पनि उनले प्रदेश सरकार समक्ष आग्रह गरेका छन् ।

कार्यक्रमको समापनका बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले युवाहरुको सीप र क्षमतालाई प्रदेश सरकारले उच्च मुल्याङकन गर्ने बताए । युवाहरु निरास नहुन आग्रह गर्दै उनले भने–‘सिप सिकाएर रोजगारी दिनेगरी प्रदेश सरकारले काम गर्न लागेको छ । अब क्षमता अनुसारको रोजगारी दिनेगरी काम गर्ने योजना बनाउँदै छौं ।’ प्रदेश सरकारले खेलकुद र युवाको क्षेत्रमा महत्व दिएर काम गरेको बताए।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दुई दिने कार्यक्रमको उद्देश्य पुरा भएको बताए । युवाहरुको क्षेत्रमा प्रदेश सरकारले राम्रो काम गरेर देखाउने उल्लेख गरिन् । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट पाँच जनालाई २५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिएको छ । कार्यक्रममा सहभागी युवाहरुलाई मन्त्री मुक्तानले प्रमाणपत्र वितरण गरेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*