थाहा नगरपालिकाको बजेट ९८ करोड ८८ लाख

बाइलाइन नेपाल
११ असार २०८०, सोमबार ०८:३२

हेटौंडा । आर्थिक बर्ष २०८९र०८१ को लागि थाहा नगरपालिकाले ९८ करोड ८८ लाख ४१ हजार ८ सय ७ रुपैयाँको अनुमानित बजेट पेस गरेको छ।

१३ औं नगरसभामा नगर उपप्रमुख भरत गोपालीले बजेट पेस गर्दै संघिय सरकार बाट प्राप्त समानिकरण अनुदान,१२ करोड ४० लाख ,समपुरक अनुदान ५० लाख ,विशेष अनुदान १ करोड सशर्त अनुदान ३१ करोड १४ लाख ,राजस्व बाडफाड रु ११ करोड ६२ लाख २ हजार,रोयल्टी २ करोड गरि जम्मा ५८ करोड ८६ लाख २ हजार रहेको बजेट प्रस्तुत गरेका छन् ।

यसैगरी, प्रदेश सरकार बाट प्राप्त समानिकरण अनुदान १ करोड २६ लाख ८२ हजार,समपुरक अनुदान ४ करोड ,बिशेष अनुदान ६० लाख सशर्त अनुदान ६ करोड २५ लाख ५४ हजार र राजस्व बाडफाड ८ करोड ३५ लाख ५३ हजार ८ सय गरि २० करोड ४७ लाख ७९ हजार ८ सय रहेको उल्लेख गरे ।

नगरपालिका आन्तरिक आयतर्फ राजस्व रु ६ करोड ५४ लाख ५० हजार,मालपोत रु २ करोड र गत बर्षको नगद मैज्दात ११ करोड गरि १९ करोड ५४ लाख ५० हजार आम्दानी हुने अनुमान गरियको बजेट प्रस्तुत गरेका छन् ।

साथै आगामी बर्ष ८ करोड ५४ लाख ५० हजार राजस्व उठ्ने अनुमान गरियको छ। बजेटले कृषि ,पुर्वाधार विकास,शिक्षा ,स्वास्थ्य ,सामाजिक बिकास,सुशासन ,उद्यमशिलता र रोजगारी ,बिपद व्यवस्थापन र क्षमता बिकासलाइ प्राथमिकतामा राखेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*