फेरि आयो हेटौंडा बजार क्षेत्रमा राजमार्ग विस्तार हुने सूचना

बाइलाइन नेपाल
१० असार २०८०, आईतवार १४:१०
फाइल तस्वीर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले फेरि आज सूचना प्रकाशित गरेको छ । पूर्व पश्चि महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि सूचना प्रकाशित गरिएको हो ।

यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउन सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गर्दै आएको भएपनि भत्काउन सकेको थिएन् । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलन हुने गरेको छ ।

सूचना प्रकाशित भएसँगै हेटौंडाडामा सडक व्सितार हुनुुपर्ने र हुुँदैन भन्नेहरुको जुहारी चल्न सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालयले पनि यसअघि नै सडक विस्तार गर्ने जनाउँदै आएको छ । अब ३५ दिन पनि सडक डिभिजनले यसपटक सूचना कार्यान्वयन गर्छ कि गदैन् हेर्न बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*