मकवानपुर र कास्कीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

बाइलाइन नेपाल
९ असार २०८०, शनिबार ०७:१८

मकवानपुरको भोर्लेनी र आसपासको क्षेत्रमामा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोखाजोर खोला लगायत सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ भने सो क्षेत्रमा एसएमएसमार्फत जानकारी पनि पठाइएको छ।

यता कास्कीको पोखरा, छोमरोङ, जुम्लेटी लगायत क्षेत्रहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ। मोदी खोला, मार्दी खोला लगायत सो क्षेत्र भइ बहने स-साना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना रहेको बताइएको छ । महाशाखाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*