बागमतीका मन्त्री दुलालले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा

बाइलाइन नेपाल
८ असार २०८०, शुक्रबार ०८:५८

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

उनले कार्यकक्षमा यसअघि रहेको नेपालको नक्सा हटाएर ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् । काठमाडौंका मेयर बालेन शाहले ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि यसको समर्थ र विरोधबीच जनप्रतिनिधिहरुले पनि यसको सिको गरिरहेका छन् ।

भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी पनि राखेपछि नेपालमा चौतर्फी आलोचना भइरहेको छ । मन्त्री दुलाल माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका हुन् ।

अखण्ड भारतको नक्सापछि ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुरूमा आफ्नो कार्यकक्षमा राखेका थिए । त्यसपछि विभिन्न पालिकाका जनप्रतिनिधिले पनि बालेनको सिको गर्दै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*