कान्तिलोक पथमा कार दुर्घटना हुँदा एकको मृत्यु

बाइलाइन नेपाल
६ असार २०८०, बुधबार २१:४७

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ गगटेमा आज दिउँसो भएको कार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कान्तिलोक पथ अन्तर्गत गगटेमा कार दुर्घटना हुँदा कारका चालकको मृत्यु भएको हो ।

मंगलबार दिउँसो बीएसी ०५३७ नम्बरको कार आफै अनिन्त्रित हुँदा सडकबाट अन्दाजी तीन सय मिटर खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडी बस्ने अन्दाजी ३० वर्षीय बिबेक लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

कारमा भीमफेदी–५ बस्ने ४५ वर्षीय राजकुमार बल र चालक लामा सवार थिए । बल कारबाट खसेर दुर्घटनास्थल माथि नै अड्किएका थिए भने लामा कारसँगै तल खोचमा खसेका थिए । कारबाट खसेर घाइते भएका बलको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*