तरकारीमा विषाधी परीक्षण गर्न उपमहानगरलाई मेसिन

बाइलाइन नेपाल
३२ जेष्ठ २०८०, बिहीबार ०६:४९

हेटौंडा । हेटौंडामा बिक्रीका लागि आउने तरकारीमा विषाधी भएनभएको परीक्षणका लागि बागमती प्रदेश सरकारले हेटौंडा उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेको छ ।

जिल्ला भित्र तथा बाह््य जिल्लाबाट बिक्रीका लागि आउने तरकारीमा बिषाध परीक्षणका लागि बागमती प्रदेश सरकारको कृषि मन्त्रालयले हेटौंडा उपमहानगरपालिकालाई मेसिन हस्तान्तरण गरेको हो ।

मन्त्रालयले उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामालाई उपभोक्ताले विष भएका तरकारी तथा फलफूल खानेकुरा खान नपरोस भन्ने उद्देश्य सहित तरकारीको परीक्षणका लागि मेसिन दिएको बताइएको छ । मेसिनले तरकारीमा प्रयोग भएको बिषधीको मापन गरी खान योग्य र अयोग्य छुट्याउने छ । मेसिन हेटौंडा–११ थानाभ¥याङमा निर्माणको अन्तिम चरणमा रहेको तरकारी थोक बजारमा राखेर परिक्षण गरिने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारको लगानीमा थानाभ¥याङमा थोक तरकारी बिक्री केन्द्र निर्माणको अन्तिम चरणमा रहेको छ । आउदो चैत्र सम्ममा निर्माण सम्पन्न गर्ने गरी केन्द्रमा निर्माणको काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*