खोलामा डुबेर एक बालकको मृत्यु

बाइलाइन नेपाल
२१ जेष्ठ २०८०, आईतवार १८:०३

मकवानपुरमा नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । बकैया गाउँपालिका–६, बेसीटोल बस्ने अन्दाजी ११ वर्षीय सन्देश बोम्जनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उनी शनिबार विद्यालय छुट्टी भएको समयमा साथीहरूसंग घर नजिकैको बकैया खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा बकैया खोलामा डुबेर बोम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*