गर्मीका कारण मकवानपुरका पाँचवटा पालिकाका विद्यालय बन्द

बाइलाइन नेपाल
२१ जेष्ठ २०८०, आईतवार १७:५५

हेटौंडा । गर्मी बढ्दै गएपछि मकवानपुरका चार वटा पालिकाले विद्यालयको पठनपाठन बन्द गराएका छन् । अत्यधिक गर्मी भएपपछि अभिभावक र सरोकारवालाहरुले दबाब दिएपछि हेटौंडा उपमहानगरपालिकासहित चारवटा पालिकाले विद्यालय बन्द गरेका हुुन् ।

हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले आईतबारदेखि विद्यालय बन्द गरेको थियो । मनहरी, राक्सिराङ र मकवानपुरगढीले सोमबारबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।
आइतबार सूूचना चारी गर्दै मनहरी, राक्सिराङ र मकवानपुरगढीले भोली जेष्ठ २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गर्ने जानकारी दिएको छ ।

गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वाथ्यमा विभिन्न खोले समस्या देखिएपछि वर्षे बिदाबाट कट्टा हुनेगरी विदा दिइएको बताईएको छ । जेठ २७ गते शनिबार रहेकोले २८ गते आइतबारबाट नियमित विद्यालय सञ्चालनमा हुनेछ ।

विदाको अवधिमा बालबालिकालाई घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षित रुपमा रहने व्यवस्था मिलाउन अविभावकहरुलाई आग्रह गरिएको छ ।बालबालिकाहरुलाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्य लाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नखुवाउने र स्वच्छ खानेकुराहरु मात्रै खुवाउन सुझाव समेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*