हेटौंडाका दुई स्थानमा सवारी ठोक्किदा चार जना घाइते

बाइलाइन नेपाल
१ जेष्ठ २०८०, सोमबार ०७:४३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका दुई स्थानमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

हेटौडा–४ बुद्धचौक नजिक कान्तीलोकपथ सडकखण्डमा चौघडा तर्फ बाट हेटौडा बजार तर्फ आउदै गरेको प्र ३ ०३००१ प ६५६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रत भई सोही स्थानमा ना ४ ख ७४७२ नम्बरको ट्रक रोकी समान झार्दै गरेको कामदारलाई हेटौडा ४ वस्ने ४३ वर्षिय कान्छालाल जिम्बा लाई ठक्कर दिइ घाइते बनाएको हो ।

त्यसैगरी ठक्कर दिने हेटौडा ६ न्युरेनी बस्ने ३९ को सफल अधिकारी र धरान घर भई हाल हेटौडा ५ सानोपोखरा डेरा गरी बस्ने २८ की भावना मगर घाइते भएका हुन् ।

त्यसैगरी हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा मोटरसाइकल दुर्घटना हुँदा दुइ जना घाइते भएका छन् । पुर्व–पश्चिम सडकखण्डमा हेटौडा बाट मनहरी तर्फ जादै गरेको ईन्डियन मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा चालक भारत बिहार मोतिहारी बस्ने ३० वर्षिय बिशाल कुमार सिंह र सोही ठाउँका ५० वर्षिय श्याम देब ठाकुर घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*