बागमती प्रदेशसभाको बजेट अधिवेशन जेठ ९ गते

बाइलाइन नेपाल
१ जेष्ठ २०८०, सोमबार ०७:२७

हेटौंडा । बागमती प्रदेश सभाको बजेट अधिबेशन जेठ ९ गते १ बजे आव्हान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयक मस्यौदा तयारीको सिद्धान्त स्वीकृति दिने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री र सरकारका प्रबक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले दोलखाको जिरी नगरपालिका ५ मा प्रदेश गौरबको आयोजनाको रुपमा निर्माण गरिने मानव निर्मित पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्ती (७७५) रोपनीको लागि प्रारम्भिक प्रकृया अगाडि बढाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*