गाईभैसीलाई ‘लम पी स्क्रिृन’ बिरुद्धको खोप दिँदै उपमहानगर

बाइलाइन नेपाल
१ जेष्ठ २०८०, सोमबार ०७:२३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले गाईवस्तुमा देखिएको ‘लम पी स्क्रिृन’ रोग बिरुद्धको खोप लगाउन सुरु गरेको छ ।

चैत्र महिनामा देखिएको रोगका कारण गाई बस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रम भएपछि उपमहानगरपालिकाले खोप खरीद गरी लगाउन सुरु गरेको हो । खोप खरीद गरेसँगै हेटौंडा उपमहानगरपालिकाको ३ र १९ मा खोप लगाउँने कार्य सकिएको छ ।

आइतबार दुई वडामा ‘लम पी स्क्रिृन’ बिरुद्धको खोप लगाउने कार्य सकिएसँगै सोमबारबाट नगरका सबैवडाहरुमा पशुप्राबिधीकको सहयोगमा अभियानलाई अघि बढाइने हेटौंडा उपमहानगरपालिका कृषि तथा पशु शाखा प्रमुख गंगा चौलागाईले बताइन् ।

पहिलो चरणमा एकहजार ५ सय खोप खरिद गरि वडामा रोगको संक्रमण दर हेरर बितरण गरेका छौं, अपुग भए पुनः खरीद गरी गाईबस्तुमा लगाउँने कामलाई निरन्तरता दिइने उनले जानकारी दिइन् ।

गत चैत्रमा नगर क्षेत्रको ७, ११, १२, १७ र १८ नम्बर वडामा किसानले पालेको गाई र भैसीमा ‘लम पी स्क्रिृन’ रोगको संक्रमण फेला परेको थियो । रोगका कारण पशुकोह्याकुला, पेटमा पानी जम्ने, खुट्टाको हाडजोर्नी सुन्नीने, दुग्धको उत्पादन घट्दै जाने, पशुमा ज्वरोको मात्रा उच्च हुने जस्ता लक्षण देखिने शाखाले जनाएको छ ।

रोगका कारण उपमहानगर क्षेत्रमा ७० वटा गाई भैसीको मृत्यु भएको छ भने करिब १ हजार ७ सय बिरामी रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*