थाहा नगरमा ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुलो

राजकुमार केसी
२६ बैशाख २०८०, मंगलवार २१:११

थाहानगर । थाहा नगरपालिका वडा नं. ४ र ५ का ५० घरधुरीलाई निःशुल्क सुधारिएको चुलो मंगलबार वितरण गरिएको छ ।

थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा हाल थाहा नगरको दामन सिमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको हो ।

मंगलबार थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर विष्ट र वडा नं. ४ का अध्यक्ष नारायण लामाले स्थानीयहरुलाई चुलो हस्तान्तरण गरेका थिए ।
चुलो हस्तान्तरण गर्दे थाहा नगरपालिकाका प्रमुख विष्टले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने र ईन्धनको समेत बचत गराउने सुधारिएकोे चुलो वितरण कार्यक्रमलाई नगरपालिका भर बिस्तार गर्न च्वाईस नेपाललाई आग्रह गरेका छन् ।

सुधारिएको चुलो वितरण गर्न सहयोग गरेकोमा च्वाईस नेपाललाई धन्यवाद ज्ञापन गर्दै वडाका बाँकी घरघुरीहरुमा पनि सुधारिएको चुलो बितरणका लागि सहयोग गर्न थाहा नगरपाकिा वडा नं। ४ का अध्यक्ष नारायण लामाले च्वाईस नेपाललाई अनुरोध गरे ।

नेपाल सरकार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ३३ प्रतिशत अनुदानमा उपलब्ध हुने चुलोको लागि बाँकी रकम थाहा नगरपालिकाको विकास साझेदारको रुपमा क्रियाशिल संस्था च्वाइस नेपालको बाताबरण सुधार कार्यक्रम अन्तरगत लगानी रहेकोे च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले बताए ।

नेपालको १ हजार ५ सय मिटर भन्दा माथि बसोबास गर्ने परिवारलाई विभिन्न संघ संस्थासंगको सहकार्यमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ३३ प्रतिशत अनुदानमा करिव १२ हजार मूल्य बराबरको सुधारिएको चुलो वितरण गर्दे आएको छ ।

दाउरा कम खपत हुने, धुँवा धुलो रहित चुलो निशुल्क प्राप्त भएकोमा थाहा ४ का सीताराम लामाले थाहा नगरपालिका र च्वाईस नेपाललाई धन्यवाद दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*