थाहाका किसानलाई आधुनिक खेतीका लागि प्लास्टिक वितरण

राजकुमार केसी
२६ बैशाख २०८०, मंगलवार २१:०३

थाहानगर।  थाहा नगरपालिकाका थप ५० जना कृषकहरुलाई स्थायी प्लास्टिक घर (टनेल) निर्माणका लागि थाहा नगरपालिका र च्वाईस नेपालको सहकार्यमा सोमबार प्लास्टिक वितरण गरिएको छ ।

थाहा नगरपालिका, बिकास साझेदार संस्था च्वाईस नेपाल र कृषकको संयुक्त लगानीमा निर्माण हुने स्थायी प्लास्टिक घरको लागि ९० जिएसएमको ७२ बर्गमिटरको सिपोलिन प्लास्टिक वितरण गरिएको हो ।

कृषकहरुलाई आधुनिक तरिकाले व्यवसायीक तरकारी खेतीतर्फ आकर्षण गरि आत्मनिर्भर बनाउनको लागि स्थायी प्लास्टिक घर (टनेल) प्रभाबकारी हुने थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले बताए । प्रमुख बिष्टले थाहा नगरको शिक्षा, स्वास्थ, खानेपानी, कृषि लगायत क्षेत्रको बिकासमा च्वाईस नेपालको महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिए ।

उनले थाहा नगरको कृषि क्षेत्रमा आधुनिक प्रविधिको बिकासमा नगरपालिकाले जोड दिईरहेको समेत बताए । आधुनिक प्रविधिमा आधारित भएर कम लागतमा गुणस्तरीय उत्पादनमा केन्द्रित हुन प्रमुख बिष्टले कृषकहरुलाई आग्रह समेत गरे ।

थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीका अनुसार सोमबार प्लास्टिक वितरण गरिएका कृषकहरुका लागि थाहा नगरपालिकाको विकास साझेदारको रुपमा क्रियाशिल संस्था च्वाइस नेपालले फलामको टनेल निर्माणका लागि सहयोग गर्नेछ । उनले सिपोलिन प्लास्टिक खरिदको लागि थाहा नगरपालिकाले १ लाख पचास हजार रुपैंया बिनियोजन गरिएको जानकारी दिए ।

प्रति प्लाष्टिक घर ४५ हजार खर्च अनुमान गरिएको टनेलका लागि च्वाइस नेपालको तर्फबाट प्रति टनेल रु। २५ हजार खर्च गरिने च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले बताए। टनेल बनाउन लाग्ने बाँकी खर्च कृषक स्वयंले गर्नुपर्ने र कृषकहरुले पनि लगानी गर्नेगरी सम्झौता गरिएको उनले जानकारी दिए।

टनेल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको र थप ६ जना कृषकहरुको लागि शिखर बचत तथा ऋण सहकारी संस्थाको समेत सहयोग रहने च्वाइस नेपालका ग्रामिण विकास विज्ञ घिमिरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*