बालबालिकालाई काममा लगाउने हेटौंडाका होटल कारबाहीमा

बाइलाइन नेपाल
२६ बैशाख २०८०, मंगलवार ०६:३६

हेटौंडा । बालबालिकालाई निकृष्ट काममा लगाउने हेटौंडाका तीन वटा होटल कारबाहीमा परेका छन् ।

हेटौंडा–१० बसपार्क क्षेत्र रहेको होटलले बालबालिकालाई निकृष्ट काममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तीन वटा होटललाई कारबाही गरेको हो । कारबाहीमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् ।

श्रम कार्यालयका हेटौंडाका अनुसार अनुसार धादिङले ११ बर्ष उमेरकी बालिकालाई श्रममा लगाएको भन्दै ७ हजार, डाँफेले १५ बर्षिय बालक र गण्डकीले १६ बर्षिय बालिकालाई काममा लगाएको भन्दै ३÷३ हजार रुपियाँ जरिवाना गरिएको छ ।

श्रम कार्यालय जपरिवाना तिर्दै उनिहरुले आगामी दिनमा होटलका वालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ । आगामी मंसिर मसान्तसम्म हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारीमा रहँदा बैशाख २० गते बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाइएको ४ जनाको उद्दार गरिएको थियो । उद्दार गरिएका मध्य एक जना जन्मदर्ताका आधारमा परिवारमा पुर्नस्थापना भएका छन् भने अन्य तिन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्शसहित परिवारको जिम्मा लगाइएको हो ।

उपमहानगरको नगर बाल अधिकार समिति अन्तरगतको बालश्रमिक उद्दार तथा पुर्न स्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसर्पाकका बिभिन्न तिन होटलबाट कानुनविपरित श्रममा लागिरहेका बालबालिकाहरुको उद्दार गरेको थियो ।

अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक, डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरेको थियो ।

बालश्रम ऐन (निषेध तथा नियमित) २०५६ अनुसार १४ बर्ष भन्दा मुनिका बालवालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ बर्ष समुहको हकमा श्रम कार्यालयबाट श्रम अनुमती लिएर प्रयोग गर्न पाउने प्राबधान भएपनि उनिहरुलाई निकृष्ट श्रममा प्रयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यदी कानुन उल्लंघन गरेका ३ महिना कैद वा ५० हजार रुपियँसम्म जरीवाना वा दुबै हुने व्यवस्था छ ।

उपमहानगरको प्रारम्भिक चरणको तथ्याङक अनुसार हेटौंडामा ६३ जना श्रमिक बालवालिका रहेका छन् । उनिहरुलाई बालश्रममा प्रयोग नगर्नका लागि सम्बन्धीत ठाउँमा जानकारी गराइसकेको बताइएको छ । यदी बालश्रमको प्रयोग भएको पाइएमा उद्दार र जरिवाना सहित कानुनी कारवाही गरिने उपमहानगरले जनाएको छ । उपमहानगरले बालमैत्री पालिका घोषणाको लागि थालेको तयारीमा सबैलाई सहकार्यको लागि आवहन गरेको छ ।

बालश्रम नियमनका लागि हेटौंडा उपमहानगरपालिकाको बालअधिकार समिति अन्र्तगत बालश्रम अनुगमन उपसमितिका संयोजक सुरज बतौंलाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडाकुमारी खड्का, श्रम कार्यालयका भीम शर्मा, नगर बालमैत्री सहजकर्ता सपना ढु्·ाना, सिविनका झबेन्द्र ज्ञावली, सिएससी नेपालका कल्याणी बस्नेत, महिला तथा बालबालिका सरोकार केन्द्र तजविज गर्तौला र टाइनी हेन्स एलिना स्याङको सहितको अनुगमन टोली निर्माण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*