हेटौंडामा अब २५ मिटर भत्किन्छ, व्यवसायीले अन्यत्र कोठा खोज्नुः नगरप्रमुख लामा

बाइलाइन नेपाल
२० बैशाख २०८०, बुधबार १४:३९
हेटौंडाको एक फलफूल पसलमा राखिएको अस्थायी टप निकाल्दै नगर प्रहरी ।

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयले हेटौंडा बजार क्षेत्रमा व्यवसायीहरुले अस्थायी रुपमा घरसँगै जोडेर निर्माण गरेको टप हटाउने अभियान २५ मिटर बिस्तारको तयारी भएको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिनाकुमारी लामाले अस्थायी टपसँगै अब हेटौंडाको राजमार्ग क्षेत्रमा दायाँबायाँ २५÷२५ मिटर सडक फराकिलो बनाउने तयारी सुरु हुुने बताएकी छिन् । उनले केही समयममै सडक विस्तार हुुने भएकाले राजमार्ग क्षेत्रमा रहेका व्यवसायीहरुलाई अन्यत्र कोठा व्यवस्थापन गर्न आग्रह गरेकी छिन् ।

हरित र सुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्ग बिस्तार नहँुदा बजारको स्वरुप थप बिग्रदै गएको भन्दै उपमहानगरका नगरप्रमुख लामाले अहिलेको अभियानलाई २५ मिटर बिस्तारको पहिलो चरणको तयारीको रुपमा बुझ्न आग्रह गरिन् ।

उपमहानगरले अहिले बजारक्षेत्रको अस्थायी टप हटाउने काम सडक विस्तारको अभियानको पहिलो चरणको रुपमा सोच्न व्यवसायीहरुलाई सचेत गराएको उनको भनाई थियो । उपमहानगरका नगरप्रमुख लामाले अहिलेको अभियान सडक बिस्तारको पहिलो चरणको तयारीका रुपमा बुझ्न जरुरी रहेको बताइन् ।

उनले भनिन् ‘अब २५ मिटर सडक बिस्तारको कामले गती लिल्छ भन्ने बुझ्न जरुरी छ ।’ २५ मिटर क्षेत्रमा रहने व्यवसायीले आफ्नो व्यवसायीक ठाउँको व्यवस्थापनमा ध्यान दिन उनले सुझाव दिइन् ।

व्यवसायीले आफ्नो व्यवसायको प्रवद्धनका लागि घर भन्दा बाहिर थपेको ‘अस्थायी टप’ उपमहानगरले हटाइरहेको छ । बजार क्षेत्रको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको सामानको प्रचारका लागि घरसँगै जोडेर बनाएको अस्थायी टप हटाउने काम चलिरहँदा यो अभियान २५ मिटरको पहिलो स्वरुप भएको नगरप्रमुख लामाले बताइन् ।

उपमहानगरका अहिले त्रिभूवन राजपथको चौकिटोल ओरालोदेखि पूर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडिसम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थायी टप निकाल्ने काम नगर प्रहरीले गरिसकेको छ ।

हेटौंडा–१ तर्फ पर्ने त्रिभुुवन राजपथ र पूर्वपश्चिम राजमार्गको हेटौंडा अस्पतालसम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थायी टपहरु हटाएइ सकेको बताइएको छ । अब उपमहानगरको २, ४ र १० नम्बर वडा क्षेत्रमा रहेका व्यवसायीले बनाएको घर भन्दा बाहिर निकालिएको अस्थायी टप हटाउने जनाइएको छ ।

अस्वभाविक ढंगबाट फुटपाथ क्षेत्रलाई कब्जा गर्दै निर्माण गरिएको अस्थायी टप हटाउने काम जारी रहने उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*