मनहरीमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

बाइलाइन नेपाल
१२ बैशाख २०८०, मंगलवार ०७:४०

हेटौंडा । मकवानपुरको मनहरि–३ स्थित कालिदमारमा गए राति मधेस प्रदेश०३–००१त ७१८८ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मनहरि–३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएकोका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनामा मनहरी३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन्। घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*