खेलकुद पत्रकार मञ्चले तालिम र प्रतियोगिता गर्ने

बाइलाइन नेपाल
२० चैत्र २०७९, सोमबार ०८:२४

हेटौंडा । जिल्लामा खेलकुदको गतिविधिलाई प्रोत्साहन गर्नका लागि खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारिता तालिम र खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा खेल पत्रकारितामा चासो राख्ने पत्रकारहरुका लागि दुई दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङशिल्ड फुटसल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

मञ्चले २०८० बैशाख १५ र १६ गते पत्रकारीता तालिम सञ्चालन गर्ने भएको छ भने बैशाखकै २९ र ३० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको मञ्चका सचिव गणेश दर्पण अधिकारीले जानकारी दिए । मञ्चले गर्ने तालिमको संयोजन सचिव अधिकारीले गर्ने छन् भने प्रतियोगिताको संयोजन नविन तिमल्सिनाले गर्ने छन् । दुबै कार्यक्रम आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

बैशाखको २९ र ३० गते सञ्चालन हुने फुटसल प्रतियोगिताका लागि मञ्चले पहिलो पुरस्कार ३० र द्धितिय २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्ने भएको छ । बैठकले मञ्चको कोषाध्यक्ष रहेका सुदिप शिवाकोटी रोजगारीको शिलशिलामा बिदेश रहेकाले कार्यसमिति सदस्य पुष्पराज अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*