हेटौंडाको बुद्धचोकमा ३६ जनाले रगत दान गरे

राजकुमार केसी
१८ चैत्र २०७९, शनिबार १५:२९

हेटौंडा । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०७९को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा ३ महिला सहित ३३ जना पुरुषले रक्तदान गरेका हुन् । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथासहकारी दिवस मूल समारोह समितिका संयोजक तथा बागमति प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रमलाई बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहयोग गरेको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचालक बद्रीप्रसाद लम्साल, बागमति प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल, प्रदेश सहकारी बोर्डका प्रमुख पुरुषोत्तम मिश्र, हेटौंडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, कृषि सहकारी संघ बागमती प्रदेश उपाध्यक्ष बिमला कार्की, मकवानपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, कोषाध्यक्ष विष्णुमाया लामा, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरी दाहाल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका सहायक अधिकृत विनिता बिष्ट, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाको प्रमुख ज्योति महतलगायतको आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए । यो बर्ष ूसहकारीको दिगोपन ‘स्वनियमन र सुशासनू भन्ने नाराका साथ मनाईने सहकारी दिवसको अवसरमा भोली मानवसेवा आश्रम हेटौंडामा फलफूल तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कार्यालय सचिव गोविन्द दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*