किसानको गुनासो सुन्ने वागमतीमा ‘टोल फ्रि नम्बर’

बाइलाइन नेपाल
१० फाल्गुन २०७९, बुधबार १६:५८

हेटौँडा । वागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलले किसानको समस्या सुन्नको लागि पैसा नलाग्ने टेलिफोन सेवाको रुपमा रहेको ‘टोल फ्रि नम्बर’को सुरुवात गरेको छ ।

आज मन्त्रालयमा कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले सेवाको औपचारिक सुरुवात गरेका छन् । टोल फ्रि नम्बरको सुरुवात गर्दै मन्त्री पोखरेलले मन्त्रालयको यो सेवाले मन्त्रालयप्रति किसान तथा सरोकारवालाको पहुँच विस्तारमा सहयोग हुने बताए ।

‘कतिपय किसानहरु तथा मन्त्रालयसँग सरोकार राख्ने सरोकारवालाहरु मन्त्रालयसम्म पहुँच नहुँदा समस्या समाधान गर्न सकिरहेका हुँदैनन, यो सेवाले उनिहरुको गुनासो र समस्यालाई हामिकहाँ सिधै सम्पर्क गर्न सहज हुन्छ र मन्त्रालयले पनि सो समस्या या गुनासोबारे बुझेर समस्या समाधान गर्न पहल गरिहाल्छ । मन्त्री पोखलेलले भने ।’

मन्त्रालयप्रति किसान वा सरोकारवालाले टोल फ्रि नम्बर १८१०५००००११ नम्बरमा निःशुल्क रुपमा फोन गरेर आफ्ना समस्या, गुनासोहरु टिपाउन सक्नेछन् । यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ । फोनको चाप बढेको अवस्थामा समय पनि बढाउने मन्त्री पोखरेलको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*