स्थापना दिवसमा पूर्वनगर प्रमुखसहित २३ जना सम्मानित

बाइलाइन नेपाल
२ फाल्गुन २०७९, मंगलवार ०७:४४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आफ्नो स्थापना दिवस पारेर उपमहानगरलाई अहिलेसम्मको अवस्थामा पु¥याउने पुर्वजनप्रतिनिधिदेखि हेटौंडाको बिकासमा बिभिन्न क्षेत्रमा योगदान पु¥याएका २३ जनालाई सम्मानित गरेको छ ।

उपमहानगरको ५४ आंै स्थापनादिवसमा आयोजित कार्यक्रममा उपमहानगरका पहिलो प्रमुख हरिबहादुर महत, तत्कालिन हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणि पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरिएको हो । नगरपालिकाको स्थापना देखि नगरको बिकास र जनमानस बिचनगरलाई पु¥याउन भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको उपमहानगरले जनाएको छ । त्यस्तै हेटौंडा नगरपालिकाका सस्थापक नगर प्रमुख बासुदेव रिजाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको छ ।

स्थापना दिवस पारेर उपमहानगरले नगरको विकासमा योगदान पु¥याएको मुल्याङकन गर्दै पत्रकारिता क्षेत्रतर्फ गोरखापत्र दैनिकका राममणि दाहाल, शिक्षातर्फ डेण्टीजंग शाह, वाताबरण तर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुदतर्फ फुटबलकी पेमा डोल्मा लामा, सामाजिक क्षेत्र तर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्यतर्फ तुल्सी थापा, स्वास्थ्यतर्फ वेला तुलाधर बैध, धार्मिक तर्फ इश्वरी प्रसाद न्यौपाने, इतिहास खोजकर्तातर्फ केदार प्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरिएको हो ।

उपमहानगरले २०२६ सालमा तत्कालिन नगर पञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरि जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ भने तत्तकालिन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोप्रान्त सम्मान गरिएको थियो । त्यस्तै तत्कालिन उपप्रधानपञ्च तिलक प्रसाद दुलाल, शम्भुप्रसाद भट्टराईलाई सम्मान गरिएको छ । उपमहानगरले भिमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपुर्ण भूमिका खेलेको भन्दै तत्कालिन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापती ओमू टेम्पा लामालाई सम्मान गरिएको थियो ।

५४ औं स्थापना दिवसमा बागमती प्रदेशका प्रदेश प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी यादवचन्द्र शर्मा, हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मानपत्र हस्तान्तरण गरेका थिए । स्थापना दिवस पारेर हेटांैडा उपमहानगरपालिकामा कार्यरत २५ बर्ष सेवाअवधि पुरा गरेका ३८ कर्मचारीलाई दिर्घसेवापदक, नगद २५ हजार राशि सहित बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्य निष्ट र ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपियाँ सहित सम्मान गरिएको थियो ।

स्थापना दिवस पारेर हेटौंडा नगरपञ्चायतका पहिलो नगर प्रमुख स्वर्गिय बासुदेव रिजालको संगम चोकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्राङगढमा स्थानान्तरण गरी अनावरण गरीएको छ । प्रतिमा प्रदेश प्रमुख शर्मा, पुर्व नगर प्रमुख पौडेल, महतसहित उपमहानगरका बर्तमान प्रमुख र उपप्रमुखले गरेका थिए । स्थापना दिवसमा नगर घण्टको स्थापना, हेटौंडा दर्पण स्मारीकाको बिमोचन र डिजिटल सुचना पार्टी राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*