पालुङ जेसीज वर्ष २०२३ को कार्यसमितिलाई पद हस्तान्तरण

राजकुमार केसी
७ माघ २०७९, शनिबार १३:३८

पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीले बर्ष २०२३का अध्यक्ष संगम कार्कीलाई पदभार हस्तान्तरण गरेका हुन् । कार्यक्रम कै अवसरमा बर्ष २०२२मा संस्थाका पदाधिकारी र सहयोग गर्ने संघसंस्थालाई सम्मान एवम् पुरस्कार बितरण गरिएको थियो ।

यसैगरी पदस्थापनको क्रममा बर्ष २०२३ का लागि निर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरुलाई निर्वाचन आयुक्त नवराज लामाले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बर्ष २०२३लाई सफल बनाउने प्रतिबद्धता सहित कानुनी सल्लाहकारमा निरज रायमाझी, महासचिवमा संजय गोपाली, कोषाध्यक्षमा माधव कार्की, जनसम्पर्क अधिकारीमा बिक्रम गोपाली, शाखा सम्पादकमा सुविन्द्रमान प्रधानलाई मनोनित गरेका छन् ।
पदस्थापन कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुशोत्तम ढकाल, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, निवर्तमान उपप्रमुख खड्गबहादुर गोपाली, समाजसेवी विमलकुमार ढकाल, पालुङ जेसीजका पूर्व अध्यक्षहरु लगायतको आथित्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*