प्रदेश सरकारलाई अझै ३५ सय कर्मचारी अभाव–मुख्यमन्त्री

बाइलाइन नेपाल
६ माघ २०७९, शुक्रबार १७:३४

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारलाई अझै ३ हजार ५ सय कर्मचारी अपुुग रहेको बताएका छन् । प्रदेश लोक सेवा आयोगको तेस्रो वार्षिकोत्सवका अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा उनले कर्मचारीको अभावमा अझै सरकारले छिटोछरितो सेवाप्रवाह गर्न समस्या परेको बताएका हुुन् ।

दरबन्दी भित्र अझै ३ हजार ५ सय कर्मचारी अपग रहेको ुउल्लेख गर्दै उनले अब कर्मचारी भर्ना गर्न ऐन निर्माण गरिसके पछि थप सहज हुने बताए । प्रदेश निजामती ऐन छिटो निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिए । प्रदेश निजामती ऐन निर्माण गर्ने प्रक्रियामा रहेको जानकारी दिंदै मुख्यमन्त्री जम्मकट्टेलले अहिलेसम्म १ हजार ४ सय २० जना कर्मचारी नियुक्त भएको बताए ।

उनले सात वटा प्रदेशमा बागमती प्रदेश लोकसेवा आयोगले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे । आयोगलाई सरकारले सहयोग गर्ने उल्लेख गर्दै आयोगलाई परेका कानूनी अड्चन फुकाउँदै लैजाने बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोकसेवा आयोगकले तीन वर्षको कठिन यात्रा पार गरेकोमा बधार्इ दिए । तीन वर्ष पहिले प्रदेश सरकारले आफ्नै अस्तित्व कायम राख्न चुनौति रहेको समयमा लोकसेवा आयोगका ऐन, नियम नभएको समयमा निकै समस्या भएको स्मरण गराए ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेसमान श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*