श्रीकृष्ण आर्दशमा निःशुल्क स्वास्थ्य शिविर,७४ जना महिलाले लिए सेवा

बाइलाइन नेपाल
६ माघ २०७९, शुक्रबार १७:१३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ मा रहेको संस्थागत विद्यालय श्रीकृष्ण आर्दश ईङ्लिस बोर्डिङले स्थानीय महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । विद्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत शुक्रबार स्वास्थ्य शिविर राखेर अभिभावक तथा अन्य महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

विद्यालयले परिवार नियोजन संघ मकवानपुरको सहयोगमा शुक्रबार ७४ जना महिलाको पाठेघरको मुखको परीक्षण गरिएको विद्यालयका प्रमुख नविन केसीले जानकारी दिए । पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सरको कारण समस्या भएको भन्दै परीक्षण गराईको उनले बताए ।

 

परीक्षण गरिएका मध्ये ३१ जना महिलाको स्वास्थ्यमा समस्या देखिएकाले निःशुल्क औषधि प्रदान गरिएको प्रमुख केसीले जानकारी दिए । उनिहरुलाई एक महिना पछि संघमा नै फलोअपका लागि व्यवस्थापन गरिएको उनले बताए ।

स्वास्थ्य शिविरमा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को कार्यालय र स्वास्थ्य क्लिनिकको पनि सहयोग रहेको थियो । शिविरमा संघकोतर्फबाट ममता श्रेष्ठ, सिर्जना रिमाल, संगिता गौतमलगायत रहेका थिए ।

विद्यालयले यही माघ १५ गते अभिभावक तथा स्थानीयलाई निःशुल्क दाँतको परीक्षण गराउने कार्यक्रम रहेको विद्यालयका प्रमुख केसीले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्व अन्र्तगत समुदायलाई सहयोग पुग्ने कार्यक्रम विद्यालयले हिजो पनि गरेको र भोलिका दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*