विद्यालयमा अभिभावकको चासो आवश्यकः नगरप्रमुख लामा

बाइलाइन नेपाल
३ माघ २०७९, मंगलवार १७:४०

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले सामुदायिक विद्यालयमा अभिभावकहरुको चासो आवश्यक रहेको बताएकी छन् । हेटांैडा–१८ मा रहेको कमला आधारभुत विद्यालयको अभिभावक भेला सहित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पुर्नगठन कार्यक्रमको मंगलबार उद्घाटन गर्दै विद्यालयलाई जिम्मेवार बनाउनका लागि अभिभावकको भुमिका मत्वपुर्ण हुने बताइन् ।

हेटौंडा उपमहानगरपालिकाले सामुदायिक विद्यालय अव्बल भएको हेर्न चाहेपनि अहिले सम्म सिमित विद्यालयबाहेक अन्यमा त्यस्तो अवस्था नदेखिएकाले विद्यालयमा अध्यापन गराउने शिक्षकलाई जिम्मेवार बनाउँन अभिभाबक नै आवश्यक रहेको बताइन् । उचित शिक्षा दिनका लागि उपमहानगरले विद्यालय र शिक्षकलाई जिम्मेवार बनाउँन खोजिरहेकोले उक्त कामको लागि अभिभावकको साथ आवश्यक रहेको उनले बताइन् ।

विद्यालयसँग समन्वय र सहकार्य गर्दै उपमहानगरपालिका अघि बढिरहेको भन्दै नगर प्रमुख लामाले विद्यार्र्थीलाई विद्यालय शिक्षा मात्र होइन घरमा पनि पढ्ने वाताबरण अभिभावकले बनाउनु पर्ने उनको भनाई थियो । विद्यालय गएको छ भनेर मात्र घरमा ढुक्क नहुन आग्रह गर्दै नगरप्रमुख लामाले वालबालिकाको गतिििवधि, संगत र दैनिकिमा ध्यान दिन जोड दिइन् ।

अभिभावक भेलामा विद्यालयमा प्रधानाध्यापक गोबिन्द उप्रेतीले विद्यालयले बर्ष भरी गरेको गतिविधिको बारे जानकारी दिएका थिए । चालु शैक्षिक सत्रबाट कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट अध्यापन सुर गरेको बिद्यालयले आगामी शैक्षिक सत्रबाट अंग्रेजी शिक्षालाई माथिल्लो कक्षामा पनि बिस्तार गर्दै लैजाने तयारी रहेको बताइएको छ ।

प्रधानाध्यापक उप्रेतीका अनुसार निम्न माध्यमिक तह सम्मको अध्ययन हुने विद्यालयमा अध्यापन गर्ने बिपन्न तथा दलित बिद्यार्थिलाई निःशुल्क विद्यालय पोशाक तथा सबै विद्यार्थीलाई शिक्षा दिर्दै आएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१८ का अध्यक्ष अनिल बानियाँ, हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र खड्का, समाजसेवि नरहरी महत, बिजेन्द्र अग्रवलको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*