बागमतीका निर्वाचित सभामुख पाठकले गरे सपथग्रहण

बाइलाइन नेपाल
२९ पुष २०७९, शुक्रबार १७:०२

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेशसभामा निर्वाचित सभामुख राप्रपाका भुवन कुमार पाठकलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको छ । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले सपथग्रहण गराउनु भयो ।

सपथग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, बिना बिभागिय मन्त्री उद्धब थापा, प्रदेशसभाका सदस्यहरु, प्रदेश सरकारका सचिबहरु लगायतकाको आतिथ्यता रहेको थियो ।

आज दिउसोको प्रदेशसभा बैठकमा सभामुखको चुनावमा उहाँले आजको प्रदेशसभा चुनावमा ६२ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । आज प्रदेशभामा भएको चुनावमा राप्रपाका महामन्त्री समेत रहनु भएका पाठक विजयी हुनु भएको हो । सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा सत्तारुढ दलहरुका तफबाट उम्मेदवार बनेका पाठक विजयी हुनु भएको हो ।

पाठकलाई यस प्रदेशमा नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदहरुले पाठकलाई मतदान गरेका थिए । उहाँको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । १ जना सांसद भने अनुपस्थित हुनुहुन्थ्यो । यसअघि, बागमती प्रदेशको सभामुख पदका उम्मेद्वार शिवराज अधिकारीले जम्मा ३६ मत पाउनुभयो । उहाँको विपक्षमा ६५ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् ।

कुल ११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए । प्रदेशसभाका ज्येष्ठ सदस्य अर्थात सभाध्यक्ष रामप्रसाद ढुङ्गानाले भने मतविभाजन प्रक्रियामा सहभागिता जनाउनु भएन । सभामुखमा चयन हुन ५५ मत चाहिन्थ्यो । उहाँ राप्रपा महामन्त्री समेत हुनुहुन्छ।

त्यस्तै, सभामुख पदकी उम्मेद्वार सृजना सायजुले जम्मा ३ मत पाउनु भएको छ । उहाँको विपक्षमा ९८ सांसदले मतदान गरे भने तटस्थमा ७ सांसद रहेका थिए । सत्ता गठवन्धन, नेपाली कांग्रेस र नेमकिपाले छुट्टा छुट्टै रुपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेका थिए ।

सत्तत्ता गठवन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिबराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए । गठवन्धनका पाठकको प्रस्तावकमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया प्रस्तावक र समर्थकमा माओबादी केन्द्रका युवराज दुलाल समर्थक रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*