आज बागमती प्रदेशसभामा सभामुखको चयन हुने

बाइलाइन नेपाल
२९ पुष २०७९, शुक्रबार ०९:४५

हेटौंडा । बागमती प्रदेशसभामा सभामुखको चुनाव आज बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभामुखमा तीन जनाको प्रतिस्पर्धामा आजै सत्तारुढ दलहरुका बिचमा कुनै खटपट नभए सत्तापक्षका भुवन पाठक बागमती प्रदेशको सभामुखमा बिजयी हुने निश्चित जस्तै छ । सत्तापक्षमा स्पष्ट बहुमत रहेकाले पाठक बिवजी हुने आकलन गरिएको छ ।

यस प्रदेशका मुख्यमन्त्रीमा ७० जना सांसदले समर्थन गरेका थिए । ५६ जना सांसले मतदान गरेमानै स्पष्ट बहुमत हुने भएपनि ७० जना सांसदहरुको समर्थनमा यस प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बनेका हुन् । बागमती प्रदेशसभामा सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता गरिएको छ । सत्ता गठवन्धन, नेपाली कांग्रेस र नेमकिपाले छुट्टा छुट्टै रुपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेको हो ।

सत्ता गठवन्धनका तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिबराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गारएका हुन् । सैंजुको प्रस्तावकमा नेमकिपाका सुरेन्द्र गोसाई र समर्थकमा गिता काफ्ले, अधिकारीको प्रस्तावकमा कांग्रेसकै कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । यसैगरी गठवन्धनका पाठकको प्रस्तावकमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओबादी केन्द्रका युवराज दुलाल रहेका छन् ।

सभामुखको चयन भने आज हुँदैछ । गठवन्धनबाट सभामुखमा राप्रपाका महामन्त्री पाठकले प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपाको भागमा यस प्रदेशमा सभामुख परेपछी बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्तारुढ दलहरुबीच मुख्य पद भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो।

सातदलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितजस्तै छ। सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो। एमालेले भने बिहीबार मात्र दलको बैठक बसेर उपसभामुखका उम्मेदवार चयन गर्ने जनाएको छ।

यसैगरी नेपाली कांग्रेसका तर्फबाछ सभामुखको चुनाबमा सांसद शिबराज अधिकारीले उम्मेदवारी दिएका छन् । धादिङका अधिकारी समानुपातिक तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित भएका हुन् । उनले प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराए । यसैगरी बागमती प्रदेश सभामुखमा नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गरेकि छिन् । प्रदेशसभा सचिवालय पुगेर सायजुले उम्मेदवारी दर्ता गरेकी हुन् । प्रदेशसभामा फरक कुरा राख्दै आउने नेमकिपाले सभामुखमा पनि उम्मेदवारी दर्ता गराएको हो । यसअघि सभामुखका लागि यसरी तीन जनाको प्रतिस्पर्धा भएको थिएन ।

बागमती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेको यस प्रदेशमा सत्ता गठवन्धनका दलहरुको बहुमत रहेको छ । सभामुखको निर्वाचन कार्यक्रम शुक्रबार बिहान ११ बजेका लागि समय तोकिएको छ । बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*