मकवानपुरगढीको सडकलाई सहिद रुद्र मार्ग नामाकरण

बाइलाइन नेपाल
२८ पुष २०७९, बिहीबार २१:१०

हेटौंडा । जनयुद्धका सहिद रुद्रबहादुर पाख्रिन (रमेश) को सम्मानमा मकवानपुरगढी गाउँपालिकाको सडकलाई सहिद रुद्र मार्ग नामाकरण गरिएको छ ।

मकवानपुरगढी गाँउपालिकाको वडा नम्बर ४ सामरी पुल देखि मनकामना, मक्रान्चुली,कुर्ले,सुकौरा हुँदै बकैया जोड्ने सडकको नाम सहिद रुद्र मार्ग नामाकरण गरिएको हो ।

सहिद पाख्रिनको २० औ स्मृति दिवसको अवसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरी उक्त सडकलाई सहिद रुद्र मार्ग नामाकरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा उक्त सडकलाई सहिद रुद्र मार्ग नामाकरण गर्ने उल्लेख गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष तथा स्थानीयको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*