रुद्र पाख्रिनको सम्झनामा स्मृति सभा

बाइलाइन नेपाल
२८ पुष २०७९, बिहीबार २१:०१

हेटौंडा । जनयुद्धका सहिद रुद्रबहादुर पाख्रिनको २० औं स्मृति सभा भएको छ । बिहिबार मकवानपुर गढी गाउँपालिका वडा नम्बर–४ स्थीत रुद्रस्मृित पार्कमा रहेको सहिद पाख्रिनको सालिकमा श्रद्धान्जली अर्पण गर्दै स्मृति सभा गरिएको हो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक सर्केश घलानको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा स्मृति सभा भएको हो ।

स्मृति सभामा पख्रिनकी पत्नि राममाया पाख्रिनलाई सम्मान गरिएको छ । स्मृति सभामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीलगायतको उपस्थिति रहेको थियो । सहिद रुद्रबहादुर पाख्रिन उपप्रमुख मानकुमारी पाख्रिनकी ससुरा समेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*