वागमतीमा सत्ता गठबन्धनबाट सभामुखको उम्मेदवारमा राप्रपाका पाठक

बाइलाइन नेपाल
२७ पुष २०७९, बुधबार १९:०५

हेटौंडा । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले जानकारी दिए ।

सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।

सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठकले सभामुख बन्ने भएका हुन् । पाठकले आफुलाई पार्टी र गठबन्धनले विश्वास गरेर सभामुखको जिम्मेवारी दिएको बताउँदै पार्टी र गठबन्धनको विश्वासलाई कायम गर्ने बताए ।

सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले भने भोली मात्र दलको बैठक बसेर उपसभामुखको उम्मेदवार चयन गर्ने एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*