बागमती गोल्डकपः हिमालयन शेर्पा क्वाटरफाइनलमा प्रवेश

बाइलाइन नेपाल
२७ पुष २०७९, बुधबार १३:३१

बागमती । मकवानपुरको बागमती गाउँपालिका जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा आज हिमालयन शेर्पा क्लब विजयी भएको छ । हिमालयन शेर्पाले त्रिभुवन आर्मीलाई ५–३ गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।

खेलको पहिलो हाफको २१ औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टी मार्फत आर्मीलाई सुरुवाती अग्रता दिलाएपनि दोस्रो हाफको ६० औं मिनेटमा शेर्पाका प्रिन्सले एक गोल फर्काएर खेल बराबरीमा पु¥याए ।

दुबै टिम बराबरी अंकमा खेलिरहे तर खेलको निर्धारित समयमा पनि थप गोल हुन नसकेपछि पेनाल्टी सुटआउट गरिएको थियो । जसमा हिमालयनले पाएको ४ सुट नै गोल हुन पुग्यो भने आर्मीले मात्र २ गोल गर्न सक्यो ।

आजको खेलको म्यान अफ दि म्याच हिमालय शेर्पाका जर्सी नम्बर २२ का दिप कार्की भएका छन् । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरे । भोली पौष २७ गते एफिएफ क्बब र मच्छिन्द्र क्लबबीच खेल हुनेछ । खेल दिउँसो २ बजे फापरबारीस्थित जनता माविको प्राङ्गणमा हुनेछ ।

प्रतियोगितामा विजेता टिमले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माघ ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गरी १० टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*